ad ad

छापा खबर


दाङ आगलागी : छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

दाङ आगलागी : छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

नेपालखबर
माघ २९, २०७८ शनिबार ७:१, काठमाडौँ

‘सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो,’ छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन्।

 ‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस सुतेका थिए । हेर्दाहेर्दै आगो दन्कियो । छोराहरू पनि आउन सकेनन् ।’ सात वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन्।

यो खबर आजको राजधानी दैनिकमा ओपेन्द्र बस्नेतले लेखेका छन्।

उनका श्रीमान् हुसेन बक्स घरबाहिर भएका कारण बाँच्न सफल भए । शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागीको घटनामा परी पाँच जनाको मृत्यु भएको थियो।

तेस्रो तलामा सुतेका नजरदिन अलिको परिवारले दर्दनाक पीडा भोग्यो । श्रीमती लैला मिया, ७० वर्षका बुबा र पाँच वर्षको छोरालाई बाहिर पठाएपछि जनरदिन १३ वर्षीय सुजिता खातुन र ६ वर्षका छोरा आदिददिन खातुनलाई लिन भन्दै गए । तर, आगोको लप्कामा परेर दुई छोरा छोरीसहित नजर दिन आगोमै बिलाए।

सो आगलागीमा तीन जना स्टाफसहित आठ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार सो घरमा अर्को कस्मेटिक पसल पनि थियो । राति २ बजे आगलागी भएको प्रहरीले थाहा पाएको थियो।

लगत्तै तुलसीपुर÷घोराही उपमहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासमा बिहान करिब ७ बजे आगो निन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुर डीएसपी श्यामु अर्यालले जानकारी दिए । आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि मात्रै प्रहरीले पाँच जनाको शव बाहिर निकाल्न सफल भएको थियो । यसैबीच प्रहरीले ७ करोडबराबरको क्षति भएको बताएको छ।

प्रहरीले विद्युत् सर्ट भएर घटना भएको हुन सक्ने निष्कर्ष निकालेको छ । ‘घटनाको प्रकृति हेर्दा र अन्य कुराहरू बुझ्दा विद्युत् सर्ट भएर आगलागी भएको देखिन्छ,’ डीएसी अर्यालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .