ad ad

छापा खबर


२६ दिनमा चौथो डायलासिस, कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य?

२६ दिनमा चौथो डायलासिस, कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य?

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ०:५४,

प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ चौथोपटक हेमोडायलासिस गरिएको छ।

ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलासिस गरिएको थियो। ९ दिनअघि तेस्रोपटक डायलासिस गरिएको थियो।

त्यतिखेल ओलीको मूत्रवाहिनी नली (युरेटर) अर्थात् मूत्राशय र मिर्गाैलाबीचमा राखिएको ‘स्टेन्ट’ समेत निकालिएको थियो। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार ओलीको ‘रुटिन’ डायलासिस भएको हो।

‘उहाँ (ओली) ठीक हुनुहुन्छ,’ डा. शाहले भनेको खबर आजको कान्तिपुरले छापेको छ।

गत साउनदेखि नै मिर्गाैलासम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .