छापा खबर


वामदेवले आफू प्रधानमन्त्री बन्ने भनेपछि...

वामदेवले आफू प्रधानमन्त्री बन्ने भनेपछि...

नेपालखबर
मंसिर २३, २०७६ सोमबार २:३४,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख वामदेव गौतम अहिले आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन्। त्यसो त बेलाबखत बेमौसमी र सार्वजनिक खपतका लागि चर्का कुरा गरेर चर्चामा आउने नेता गौतमको स्वभाव नै हो।

राष्ट्रिय सभाको निर्वाचन नजिक अआइरहेका बेला यसपटक नेता गौतमले आफू नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा आउन आग्रह गरेको सरकारी सञ्चार माध्यम रासससँगको अन्तर्वार्तामा बताएका छन्। उनको यो अन्तर्वार्तालाई विभिन्न अनलाइन र सामाजिक सञ्जालले महत्वसाथ प्रसारणसमेत गरेका छन्। तर आफूचाहिँ संविधान संशोधन गरी राष्ट्रिय सभाबाट समेत प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको खण्डमा मात्र राष्ट्रिय सभा सदस्यमा जाने उनको दाबी छ।

नेता गौतमलाई प्रधानमन्त्री बनाउने गरी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत आश्वासन र सहयोग रहने नेता गौतमको दाबी छ। उनको यस अभिव्यक्तिलाई राजनीतक र बौद्धिक वर्गले बच्कनापन र हचुवाका भनाइका रूपमा लिएको टिप्पणीहरू समेत यसबीचमा सार्वजनिक भएका छन्। स्वयं उनका समर्थक र शुभचिन्तकहरूले समेत नेता गौतमको यो भनाइ अवस्तुवादी र सामयिक नभएको तर्क गर्ने गरेको छन्। यो खबर आज सोमबारको साँघु साप्ताहिकले छापेको छ।

विभिन्न कारणले गर्दा अहिलेको अवस्थामा कुनै हिसाबले संघीय संसद्मा चुनिएर आए पनि नेता गौतमको प्रतिनिधिसभाको यस कार्यकालभरि प्रधानमन्त्री हुने सम्भावना झिनो मात्र देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad