छापा खबर


बिहे गरेर घर भित्र्याएको भोलिपल्टै बेहुलीको हत्या

बिहे गरेर घर भित्र्याएको भोलिपल्टै बेहुलीको हत्या

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ०:५,

धादिङका एक युवकले विवाहको भोलीपल्टै पत्नीको हत्या गरेका छन्।

गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

मकवानपुरकी अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न शौचालयको सेप्टि ट्यांकीमा लुकाएको खुलेको हो। खाल्डो छोप्ने ढक्कन निकै ठूलो भएकोले अर्जुनले शव लुकाउन ढक्कन उठाउन काका ३२ वर्षीय छवि थापा र आफन्त ४७ वर्षीय इन्द्रबहादुर थापालाई समेत प्रयोग गरेका थिए।

मंसिर १० गते दिउँसोसम्म नयाँ दुलही अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि उनीहरुले अर्जुनलाई सोध्दा माइतीघर गएकी भनेर टारेका थिए।

केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको?’ अर्जुन र उनका केही आफन्तले गोरु मरेको जबाफ दिएका थिए।

वरिपरी कसैको गाईगोरु नमरेको र अनिशा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे।

छिमेकीले घटनाबारे शंका गरेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँलेले नै थाहा पाएपछि घटना बारे प्रहरीलाई सूचना दिइएको सिद्धलेक ३ का अध्यक्ष देवबहादुर पुलामीले बताए।

गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिशाका श्रीमान् अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad