सरकारले झुटा नक्कली बिजक खरिद गर्ने ९८१ फर्मविरुद्ध अनुसन्धान सुरु गरेको छ।
हालसम्म झुटा नक्कली बिजक खरिद गर्नेको संख्या ९८१ रहेको र जसमध्ये १३० फर्मले १२ अर्बभन्दा बढीको झुटा बिजक खरिद गरेको अनुसन्धानमा खुल्न आएको खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्।
राजस्व अनुसन्धान विभागले बिहीबार पत्रकार सम्मेलन गरेर हालसम्म झुटा र नक्कली बिजक खरिदमा संलग्न ९८१ फर्मविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएको हो।
विभागका महानिर्देशक दीर्घराज मैनालीले आठ जना सरकारी कर्मचारीसहित ५१५ जनालाई प्रतिवादी बनाएर १२ अर्ब ३१ करोड ४७ लाख बिगो कायम गरी विभिन्न अदालतमा मुद्दा दायर गरेको जानकारी दिए।

प्रतिक्रिया