विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन्। यो खास दिन उनले पति करण सिंह ग्रोबरसँग मालद्वीपमा सेलिब्रेट गरेकी छन्।
उनका साथीभाइ र बलिउडका कैयौं स्टारले उनलाई जन्मदिनको खास बधाई दिएका छन्। अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि विशेष पोस्ट गरेका छन्। उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ।
डिनोले आफ्नो इन्स्टाग्राममा विपाशासँगको पुरानो तस्बिर सेयर गरेका छन्। उक्त फोटो उनीहरूको डेटिङको समयको जस्तो लाग्छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।
डिनो र विपाशा १९९० को दशकमा रिलेसनसिपमा थिए। विभिन्न कारण यो रिलेसनसिप टिक्न सकेन। २००२ मा उनीहरूको ब्रेकअप भयो।
यो पुरानो तस्बिरका साथमा डिनोले बर्थडे विस मात्रै गरेनन्, क्याप्सन पनि लेखेका छन्, ‘गुड टाइम्स अलवेज।’
तस्बिरमा विपाशा डिनो दुवैले सेतो पहिरन लगाएर कुनै रेस्टुराँमा डिनर गर्दै छन्।
Shares

प्रतिक्रिया