छापा खबर


दीपिका पादुकोणलाई पर्‍याे अर्काे आपत्

दीपिका पादुकोणलाई पर्‍याे अर्काे आपत्

नेपालखबर
पुस २९, २०७६ मंगलबार ०:१३,

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई यतिबेला समस्याले घेरिरहेको छ। जनवरी ७ मा जवाहरलाल नेहरू विश्वविद्यालयका आन्दोलनकारी घाइते विद्यार्थीलाई भेट्न पुगेपछि दीपिकाविरुद्ध सत्ता पक्ष र उसका कार्यकर्ता भड्केका हुन्।

भारतीय जनता पार्टीका प्रवक्ताले त दीपिकाको रिसमा उनी अभिनित फिल्म ‘छपाक’ नै बहिष्कार गर्ने अभियान चलाए। विवादको भुमरीमा तानिएकी दीपिकालाई अर्काे झट्का तब लाग्यो जब रिलिजका दुई दिनमै ‘छपाक’ को अनलाइन पाइरेसी भयो। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

अहिले बलिउडकी पहिलो रोजाइकी अभिनेत्रीमा पर्ने दीपिका महँगो पारिश्रमिक लिनेमा पनि पर्छिन्। यतिबेला दुई दर्जन विज्ञापनमा खेलिरहेकी दीपिकाले एउटै विज्ञापनबाट ८ देखि १० करोड भारुसम्म पारिश्रमिक लिने गर्छिन्। ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad