छापा खबर


आफूले आफैँलाई सच्याउन सक्नुपर्छः नायिका नम्रता श्रेष्ठ

 आफूले आफैँलाई सच्याउन सक्नुपर्छः नायिका नम्रता श्रेष्ठ

नेपालखबर
असार १३, २०७६ शुक्रबार २:२७,

सानो संसार मार्फत सिने क्षेत्रमा उदायकी नायिका नम्रता श्रेष्ठको फरक विशेषता छ।

न उनी उति साह्रो मिडियामा देखिन्छिन्, न सार्वजनिक जमघटहरुमा नै।

प्रायः जसो साइलेन्स बस्न रुचाउने नम्रता वर्षमा एउटा मात्र चलचित्र गर्छिन् भने व्यवसायमा पनि उत्तिकै सफल छिन्।

साप्ताहिकका लागि जनक तिमिल्सिनाले नायिका नम्रता श्रेष्ठसँग गरेको कुराकानीः

बजारमा अन्य अभिनेत्रीको हल्लीखल्ली हुन्छ, तपाईं त साइलेन्स नै बस्नुहुन्छ, किन?

म एउटी कलाकार हुँ। मलाई मेरो काम बढी हाइलाइट्स होस्, कामकै कुरा होस् भन्ने लाग्छ।

त्यसकारण मेरा व्यक्तिगत कुरा न्युजमा नआउँदा पनि हुन्छ। कामको बढी कुरा होस् भनेरै मैले काम गर्ने हो।

म व्यक्तिगत रुपमा कहाँ गएर खान्छु, कहाँ घुम्न जान्छु, त्यस्ता कुरा त न्युजमा नआउँदा पनि हुन्छ।

वर्षमा एउटा मात्र सिनेमा गर्नुहुन्छ। प्रस्ताव नआएर हो कि सेलेक्टिभ भएर?

म एक वर्षमा एउटा भन्दा बढी फिल्म गर्न सक्दिँन। अहिले होइन नि त। मेरो पहिलो फिल्म सानो संसार सन् २००८ मा आएको थियो। त्यही बेलादेखि नै म वर्षमा एउटा मात्र फिल्म गर्छु।

एउटा चलचित्रको पारिश्रमिकले वर्षभरीलाई पुग्छ त?

मलाई पुग्छ। यो कुरा व्यक्तिमा पनि निर्भर हुन्छ जस्तो लाग्छ।

तपाईंले पाँच लाख कमाउनु हुन्छ, पाँच लाख नै सबै खर्च गर्नुहुन्छ भने पुग्दैन। धेरै कुरा तपाईंको जीवनशैलीमा निर्भर गर्छ।

असहज परिस्थितिबाट निस्कने सूत्र के हो?
सूत्र भन्दा पनि पहिले परिस्थिति ठम्याउनु पर्यो। त्यसपछि तपाईंले सोच्नुपर्यो त्यो परिस्थितिमा टाउको दुखाएर केही काम छ, केही परिवर्तन आउँछ भने हो, आउँदैन भने किन टाउको दुखाउने?

त्यसकारण अब त्यो सिच्युएसनलाई कसरी राम्रो गर्ने भन्नेतिर जानुपर्ने हुन्छ।

पहिले किन त्यस्तो अवस्था सिर्जना भयो, त्यो के कारणले हो? भनेर ठम्याउनुपर्छ। अनि त्यसपछि आफ्नो कारणले हो भने आफैँलाई करेक्ट गर्न सक्नुपर्छ।

अरुका कारणले हो भने अरुलाई त तपाईंले सच्याउन सक्नुहुन्न।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad