छापा खबर


बस्नका लागि भारतभन्दा नेपाल महँगो

बस्नका लागि भारतभन्दा नेपाल महँगो

नेपालखबर
माघ २७, २०७६ सोमबार १:९,

बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानभन्दा पनि महँगो भएको छ।

यो मामिलामा भारत १ सय ३०औं र पाकिस्तान १ सय ३२औं महँगो मुलुक भएका छन्।

सीईओ वल्र्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो मुलुकमा नेपाल १ सय २२औं स्थानमा छ। श्रीलंका १ सय १२औं महँगो मुलुक भएको छ।

विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड परेको छ। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड छन्, एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले खबर छापेको छ।

किराना, लत्ता कपडा र ट्याक्सीको भाडालगायतका विभिन्न वस्तुको मूल्यका आधारमा पहाडी मुलुक स्विट्जरल्यान्ड विश्वकै महँगोमा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad