छापा खबर


विरामीको उद्धारका लागि सरकारले हवाई एम्बुलेन्स चलाउने

विरामीको उद्धारका लागि सरकारले हवाई एम्बुलेन्स चलाउने

नेपालखबर
असार १७, २०७६ मंगलबार ०:२७,

बिरामीको उद्धारका लागि हवाई एम्बुलेन्स सञ्चालन गर्नेलगायत महत्वपूर्ण योजना समेटेर सरकारले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक गरेको छ।

सरकारी अस्पतालमा अनलाईन टिकटको व्यवस्था गर्ने बुँदासमेत नयाँ स्वास्थ्य नीतिमा समेटिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्नुन अधिकारीले लेखेका छन्।

यो कार्यान्वयनमा आएपछि बिरामीले चाहेको सरकारी अस्पतालमा रोजेको डाक्टरसँग अनलाईनबाट समय लिएर जँचाउन सक्नेछन्।

सरकारी अस्पतालमा बिरामीको बढ्दो चाप व्यवस्थापन गर्न ई हेल्थ सेवा सुरु गर्न लागिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad