छापा खबर


युरोपभरि कोरोना महामारी, जर्मनमा ६ करोड मानिसमा संक्रमण हुन सक्ने!

युरोपभरि कोरोना महामारी, जर्मनमा ६ करोड मानिसमा संक्रमण हुन सक्ने!

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ०:३०,

डिसेम्बरको अन्त्यतिर चीनको उहानबाट फैलिएको कोरोना (कोभिड १९) संक्रमण विश्वका १ सय २० मुलुकमा पुगिसकेको छ। पछिल्ला दिन यसले युरोपमा महामारीको रूप लिँदै छ।

इटाली हुँदै युरोप प्रवेश गरेको कोरोनाले फ्रान्स, बेलायत, जर्मन, स्पेन र अस्ट्रिया बढी प्रभावित छन्। बेल्जियम, डेनमार्क, बुल्गेरियामा पनि संक्रमण बढ्दो छ।

चीनपछि सबैभन्दा धेरै संक्रमण र मृत्यु इटालीमा भएको छ। इटालीमा मंगलबार एकैदिन १ सय ६८ जनाको मृत्यु भएको थियो। अहिलेसम्म इटालीमा कोरोनाबाट ६ सय ३१ जनाको मृत्यु भएको छ, एजेन्सीलाई उधृत गर्दै आजको नयाँ पत्रिकाले खबर छापेको छ।

जर्मन चान्सलर एन्जेला मर्केलले कोरोनाबाट देशका ५ करोड ८० लाख नागरिकमा संक्रमण हुन सक्ने बताएकी छन्। यो जर्मनको कुल जनसंख्याको ७० प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad