छापा खबर


सभामुखले डाकेको बैठक अध्यक्ष तिमल्सिनाद्वारा बहिष्कार, यसरी चर्किंदै छ द्वन्द्व

सभामुखले डाकेको बैठक अध्यक्ष तिमल्सिनाद्वारा बहिष्कार, यसरी चर्किंदै छ द्वन्द्व

नेपालखबर
चैत ६, २०७६ बिहिबार २:४१,

सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाबीच द्वन्द्व चर्केको छ।

नेतृत्वको द्वन्द्वले संसदीय समितिका सभापतिसँगको बिहीबारको निर्धारित बैठक स्थगित भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्।

सापकोटा र तिमिल्सेना दुवै सत्तासीन नेकपाबाट निर्वाचित हुन्। पूर्वएमालेबाट तिमिल्सेना अध्यक्ष र पूर्वमाओवादी कोटाबाट सापकोटा सभामुख भएका हुन्।

संसदीय कामकारबाही प्रभावकारी बनाउनेबारे सभामुख सापकोटाले बुधबार संसदीय समितिका सभापतिसँगको बैठक आयोजना गरेका थिए।

तर राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाले बैठकमा आफू उपस्थित नहुने जनाउ सभामुख सापकोटालाई गराए। संसद्को कार्यवाहक महासचिव नियुक्तिमा सभामुखले एकलौटी निर्णय गरेको भन्दै अध्यक्ष तिमिल्सेनाले बैठक बहिष्कार गरेका हुन्।

अध्यक्ष तिमिल्सेना उपस्थित नहुने सूचना पाएपछि पूर्वएमाले सम्बद्ध समिति सभापतिले समेत सभामुखले बोलाएको बैठकमा नजाने जानकारी गराएका थिए। अध्यक्ष तिमिल्सेना र समिति सभापतिहरू नै अनुपस्थित हुने सूचनापछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन्।

सभामुखमा निर्वाचित भएपछि सापकोटाले पहिलोपटक समिति सभापतिसँग संसद् र समितिको प्रभावकारिता, कामकारबाही र समस्याबारे छलफल गर्न बैठक आयोजना गरेका थिए। 

श्रेणीविहीन कर्मचारीको म्याद थपदेखि संसद्का कार्यवाहक महासचिव नियुक्तिसम्मको निर्णयमा सापकोटा र तिमिल्सेनाबीच विवाद छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad