नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ।
यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको खबर आजको गोरखापत्रले छापेको छ।
चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास सिलिन्डर वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
‘भारतबाट ग्यास पेट्रोल आयात भइरहेकै छ, हामीले बजारमा पठाएका पनि छौँ तर ग्यास पाएनौँ भन्ने पनि हुनुहन्छ। त्यसैले पठाएको ग्यास कहाँ गयो भनेर हामीले डिलरसँग दैनिक विवरण माग गरेका छौँ,’ उनले भने, ‘दैनिक विवरण आउन थालेको छ। ग्यासको अभाव छैन, ग्यास पाइन्छ।’
काठमाडौँ उपत्यकालगायत अन्य स्थानमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले विभिन्न डिलर तथा रिटेलरहरूबाट वितरण गरेको परिमाण दैनिक रूपमा निगमले हेरिरहेको प्रवक्ता उपाध्यायले बताए।

प्रतिक्रिया