ad ad

छापा खबर


लकडाउन थप कडा पार्दै सरकार, अब काेही सडकमा हिँडेको भेटिए पक्राउ गरेर मुद्दा चलाइने

लकडाउन थप कडा पार्दै सरकार, अब काेही सडकमा हिँडेको भेटिए पक्राउ गरेर मुद्दा चलाइने

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ०:७,

सहरमा गुजारा चलाउन समस्या परेपछि हिँडेरै गृहजिल्ला फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने भएको छ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

‘लकडाउन भनेको हिँडेर जान पाइने भन्ने होइन,’ समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले भने, ‘अहिले ठूलो संख्यामा मान्छे हिँडेरै विभिन्न जिल्लामा गइरहेको पाइएको छ, यसबाट जोखिम बढेकाले पक्राउ गरेर मुद्दा चलाउन नै निर्देशन भएको छ।’

पछिल्ला केही दिन संक्रमणको दर फैलिएसँगै जोखिम बढेको भन्दै लकडाउनलाई थप कडाइ गर्न लागिएको हो।

उपत्यकालगायत विभिन्न ठाउँबाट खासगरी मजदुरहरु कयौँ दिन हिँडेर घर फर्किरहेका छन्।

काम बन्द भएसँगै खानै समस्या भएकाले जोखिम र कष्ट व्यहोरेरै गाउँ जान बाध्य हुनुनपरेको उनीहरुको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .