छापा खबर


वडाध्यक्षले आफ्ना मान्छेलाई राति-राति राहत बाँडेको भन्दै मजदुर आक्रोशित

 वडाध्यक्षले आफ्ना मान्छेलाई राति-राति राहत बाँडेको भन्दै मजदुर आक्रोशित

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १:२८,

राहत नपाएको गुनासो गर्दै मजदुरले सोमबार पोखरा महानगरपालिका कार्यालयमा दिनभर धर्ना दिए।

पोखरा ९, कृष्णटोलको सुकुम्बासी टोलका मजदुरले आफूहरुले महानगरको राहत नपाएको गुनासो गर्दै धर्ना दिएका हुन् । तर उनीहरुलाई महानगरले राहत आश्वासनबिनै घर फर्काएको छ।

पोखरा–९, कृष्णटोलका मजदुरको सम्बन्धमा छलफल गर्न कार्यालय प्राङ्गणमा नगरप्रमुख मानबहादुर जिसी लगायत सरोकारको सर्वपक्षीय बैठक बिनानिष्कर्ष टुंगिएको खबर आजको राजधानी दैनिकमा पोखराबाट विजय नेपालले लेखेका छन्।

बैठकमा सहभागी पोखरा वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले बैठक बिनानिष्कर्ष टुंगिएको र अब भोलि (मंगलबार) पुनः बैठक बसी निर्णय गरिने बताए ।

बैठकमा महानगर प्रमुख, उपप्रमुख, कर्मचारी, पोखरा ९ सहित छिमेकी वडा ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा ७ का अध्यक्ष रामचन्द्र बराल, सुरक्षा निकाय, स्थानीय टोल विकास संस्था, आमा समूह लगायतको उपस्थिति थियो ।

बैठकले आफूहरुको राहतको लागि कुनै आश्वासन नदिएको भन्दै न्यूरोडस्थित कार्यालय बाहिर लगातार धर्ना दिइरहेका करिब ३ सय जना मजदुरले आक्रोश पोखे।

उनीहरुले वडा कार्यालय र आमा समूहले ‘आफ्नो मान्छे’ खोजी खोजी र रातिराति बोलाएर राहत दिएपनि आफूहरुलाई वञ्चित गरेको आरोप लगाएका छन् ।

बैशाखी सहारामा अडिएका स्थानीय बुद्धिबहादुर बिकले आक्रोशित बने, ‘हामीहरुले यिनीहरुको चालवाजी बुझ्यौं। अब चुनावको बेलामा भोट माग्न आउलान् नि?’

लकडाउनको बेलामा पनि सामाजिक दुरी त कहाँ हो कहाँ, एकाएक हुलका हुल मजदुर देखा परेपछि सम्भावित अप्रिय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी समेत खटाइएको थियो । मजदुरले आइतबार र सोमबार बिहान पनि नयाँबजारस्थित वडा कार्यालयमा समेत धर्ना दिएका थिए।

मजदुरहरूले वडा कार्यालय र आमा समूहले ‘आफ्नो मान्छे’ खोजी खोजी र रातिराति बोलाएर राहत दिएपनि आफूहरुलाई वञ्चित गरेको आरोप लगाएका छन्। अधिकांश सुकुम्बासी तथा ज्याला मजदुरी गरी बस्ने कृष्णटोलमा हाल १ सय ९४ घरधुरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad