ad ad

छापा खबर


थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिए बिरामीकाे घरमै उपचार, यस्ताे छ सरकारको रणनीति

थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिए बिरामीकाे घरमै उपचार, यस्ताे छ सरकारको रणनीति

नेपालखबर
बैशाख २०, २०७७ शनिबार २:५५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रूपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ।

कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए।

सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै गएर उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था छैन। ‘हालसम्म नेपालमा ५९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन्।

कोइरालाका अनुसार कोभिड–१९ का जटिल बिरामीलाई अस्पताल र सामान्यलाई घरमै उपचारको व्यवस्था मिलाउने योजना बनाइएको छ।

कोइरालाले भने, ‘थेग्नै नसक्ने गरी (अमेरिका, युरोपमा जस्तै) संक्रमण फैलिएको अवस्थामा चौथो रणनीतिक योजना कार्यान्वयनमा ल्याइनेछ, जुन अन्तिम विकल्प हो।’

पहिलो र दोस्रो रणनीतिलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याएको मन्त्रालयले हाल तेस्रो रणनीतिअनुसार काम गरिरहेको छ। जसअन्तर्गत स्थानीय रूपमा संक्रमण फैलिन नदिने योजना बनाइएको र सफल भएको मन्त्रालयको निष्कर्ष छ।

कैलालीमा एक महिलामा देखिएको स्थानीय संक्रमण नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोभिड–१९ रोकथामका लागि रणनीतिक योजनाअनुसार काम गरिरहेको मन्त्रालयले हाल कोरोना संक्रमणबाट जोगिन ६ वटा ‘टी’अर्थात् ट्राभल, रेस्ट्रिक्सन, टेस्टिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदरको रणनीतिसमेत कार्यान्वयन गर्दै आइरहेको कोइरालाले जानकारी दिए।

मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै २५ वटा हब अस्पताल तोकेको छ । ‘ती कोरोना अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्यजन्य सामग्रीहरू उपलब्ध गराउँदै आएका छौं । यस्तै, कोरोना परीक्षणका लागि आवश्यक ल्याब व्यवस्था गरिएको छ,’ सचिव कोइरालाले भने।

सरकारले कोरोना संक्रमण फैलन नदिन केन्द्र र प्रदेशका २५ हब अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ । सरकारले हब अस्पताललाई १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .