छापा खबर


इन्जिनियरको कमाइ ५ करोड, घरजग्गादेखि सेयर बजारमा लगानी

इन्जिनियरको कमाइ ५ करोड, घरजग्गादेखि सेयर बजारमा लगानी

नेपालखबर
असार २०, २०७७ शनिबार ०:१२,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको अभियोगपत्रमा आचार्यले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७६ जेठ मसान्तसम्म ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ रुपैयाँ आम्दानीमध्ये २ करोड ७ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ मात्रै वैध भएको देखाएको छ।

बाँकी ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

सार्वजनिक सेवामा प्रवेशपश्चात् अर्यालले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिदलगायतमा लगानीका साथै स्रोत नखुलेको रकमसमेत अस्वाभाविक मात्रामा बैंकिङ कारोवार तथा विभिन्न बैंक खातामा रकम जम्मा गरी सेयर लगानीलगायतका आपूmअनुकूल लगानी खर्च गर्ने गरेको देखिन आएको अदालतमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ।

विभिन्न बैंक खातामा रकम जम्मा गरी सेयर लगानीलगायतका आफूअनुकूल लगानी खर्च गर्ने गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ।

सकड विभागमा इन्जिनियरका रूपका कार्यरत आचार्यले सरकारी सेवामा बसेर पदको दुरुपयोग गरी सो रकम जम्मा गरेको अख्तियारले जनाएको छ। सार्वजनिक निर्माण शाखा रुकुममा सब ओभरसियर पदमा १२ असोज २०४१ देखि सरकारी नियुक्ति पाएका आचार्य १ माघ २०६४ मा इन्जिनियरमा बढुवा भएका थिए।

उनले विभिन्न जिल्लाको सडक विभागको इन्जिनियर हुदाँ करोडौं रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ। हाल सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत अवस्थामा अख्तियारले अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको भेटिएको हो।

आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति निजले श्रीमती रीतादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकाले स्रोत नखुलेका सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad