छापा खबर


कोरोना शीर्षकमा सिराहाका स्थानीय तहको खर्च २८ करोड, तर १० जनाको परिवारलाई एउटा मास्क!

कोरोना शीर्षकमा सिराहाका स्थानीय तहको खर्च २८ करोड, तर १० जनाको परिवारलाई एउटा मास्क!

नेपालखबर
साउन २६, २०७७ सोमबार १:१५,

सिराहा नगरपालिका-१९ सन्हैठास्थित उत्तरबारी र दक्षिणबारी टोलमा डोम जातिका २० परिवारका एक सय १० जनाको बसोवास छ।

गत २० चैतमा वडा कार्यालयले तीमध्ये १५ परिवारलाई एक–एक थान मास्क वितरण गर्यो । उत्तरबारी टोलका बद्री मल्लिकको परिवारमा १० सदस्य छन्। उनलाई २२ चैतमा वडा कार्यालयका कर्मचारीले एक–एक थान मास्क र हात धुने साबुन दिए।

‘१० जनाको परिवारलाई एउटा मास्क लिनु कि नलिनु भयो’ बद्री भन्छन्, ‘वडाले हाटबजार जाँदा मात्र मास्क लगाउन भनेको छ । घरबाहिर जानुपर्दा बुढाबुढीले एउटै मास्क पालैपालो लगाउँछौँ।’ यो खरब आजको नयाँ पत्रिका दैनिकमा सिरहाबाट सुरेन्द्रकुमार कामतीले लेखेका छन्।

उत्तरबारी टोलकै प्रमिला देवीले पनि एउटा मास्क र हातधुने साबुन पाइन्। यो टोलका पाँच परिवारका ३३ जनालाई पाँचवटा मास्क दिइएको थियो। दक्षिणबारी टोलका १२ जनाको परिवारलाई २३ चैतमा एउटा मास्क दिइयो। सिराहा–१९ का वडाध्यक्ष गोपाल यादव महँगो भएकाले हरेक घरमा एक÷एक थान मास्क र हातधुने साबुन वितरण गरिएको बताउँछन्।

उनका अनुसार ११ चैतमा लकडाउन घोषणायता मास्क र साबुन वितरणमा मात्र वडा कार्यालयले पाँच लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad