छापा खबर


कोरोनाको परीक्षण, संक्रमण र मृत्युदर बढ्यो, तर निको हुने दर भने यसरी घट्दै छ

कोरोनाको परीक्षण, संक्रमण र मृत्युदर बढ्यो, तर निको हुने दर भने यसरी घट्दै छ

नेपालखबर
भदौ ३, २०७७ बुधबार ०:१,

देशभर कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । सरकारले परीक्षण भने बढाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

गत १५ साउनमा संक्रमणबाट मुक्त हुने अर्थात् उपचारपछि निको हुने दर ७२.९ प्रतिशत थियो । त्यस दिन पिसिआर परीक्षण गरिएकामा संक्रमण देखिने दर ५.१ प्रतिशत थियो । त्यस्तै, संक्रमितमध्ये मृत्यु ०.३ प्रतिशत मात्र थियो । प्रतिदश लाख संक्रमितमा मृत्युदर १.८ मात्रै थियो ।

१५ साउनमा तीन हजार ६ सय चार नमुना परीक्षण गरिएका थिए । त्यसमध्ये दुई सय ७४ जनामा संक्रमण देखिएको थियो । त्यस दिन दुई सय २७ संक्रमित निको भएर घर फर्किएका थिए भने तीनजनाको मृत्यु भएको थियो।

तर, अहिले ती सबै सूचक ओरालो लागेका छन् । मंगलबारसम्म देशभर देखिएका २८ हजार दुई सय ५७ संक्रमितमध्ये १७ हजार पाँच सय ८० निको भएका छन् । यो दर ६२.२ प्रतिशत हो । जुन, १५ साउनको भन्दा ११ प्रतिशतले कम हो।

त्यस्तै, मंगलबारसम्म मृतकको संख्या एक सय १४ पुगेको छ, यो ०.४ प्रतिशत हो । मृत्युदर प्रतिदश लाखमा ३।९ पुगेको छ । जब कि १५ साउनमा यो दर १.८ मात्रै थियो । त्यस्तै, संक्रमण दर ५.२ प्रतिशत पुगेको छ । सक्रिय केसको संख्या १० हजार पाँच सय ६३ अर्थात् ३७.४ प्रतिशत छ।

मंगलबारसम्म देखिएका १० हजार पाँच सय ६३ सक्रिय संक्रमितमध्ये दुई हजार आठ सय ८७ जना अस्पतालमा बेड नपाएपछि घरमै बसेका छन् । आइसियूमा बस्नेको संख्या एक सय २६ पुगेको छ । तीमध्ये आठजना भेन्टिलेटरमा छन् । सोमबारसम्म आइसियूमा उपचाररत संक्रमितको संख्या एक सय एक मात्रै थियो, भेन्टिलेटरमा ६ जना मात्रै थिए।

टेकु अस्पतालका प्रमुख डा.सागर राजभण्डारी कोरोना भाइरसको संक्रमण नेपालमा अहिले समुदायस्तरमा पुगेको बताउँछन् । उनी भन्छन्, ‘विगतमा जस्तो नाम मात्रैको लकडाउनले कोभिड नियन्त्रणमा अर्थ राख्दैन । कफ्र्यु लगाएर जमघटलाई रोक्नुपर्छ । अहिले जो मान्छे जहाँ छन्, १५ दिनसम्म त्यहाँबाट दायाँ–बायाँ गर्न नदिने हो भने कोभिड धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनकि १५ दिनमा भाइरस स्वतः निष्क्रिय हुन्छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad