छापा खबर


एसइईको रिजल्ट आयो, अब कहिले हुन्छ कक्षा ११ मा भर्ना?

एसइईको रिजल्ट आयो, अब कहिले हुन्छ कक्षा ११ मा भर्ना?

नेपालखबर
भदौ ३, २०७७ बुधबार १:८,

राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ।

तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिए। उनले भने, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ।’ सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ।

विगतका वर्षमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् । यसबाट झन्डै पाँच लाख विद्यार्थीले आफ्नो शैक्षिक सत्र निर्धारित समयमै सक्ने झिनो आशा अझै बाँकी रहेको छ।

साविकभन्दा केही ढिला नतिजा प्रकाशन भए पनि अब शैक्षिक गतिविधि नियमित भए विद्यार्थीको शैक्षिक सत्र नै खेर नजाने तर्क गरिएको छ।
गौतमले कक्षा ११ का विद्यार्थीको हकमा शैक्षिक समस्या नहुने बताए।

भाइरसको जोखिमका कारण अब दुई तीन महिना ढिला नै कक्षा सुरु भए पनि कक्षा ११ मा अध्ययन गर्र्ने विद्यार्थीलाई कुनै समस्या नहुने उनको भनाइ छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको त शैक्षिक सत्र सदुपयोग गर्ने हिसाबले छलफल भइरहेको छ भने कक्षा ११ का विद्यार्थीको हकमा समस्या नहुने जानकारी उनले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad