छापा खबर


अख्तियारले खोजेको समाचार सार्वजनिक भएपछि विदेशबाट फर्किए गच्छदार

अख्तियारले खोजेको समाचार सार्वजनिक भएपछि विदेशबाट फर्किए गच्छदार

नेपालखबर
साउन ६, २०७६ सोमबार ०:३७,

कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छारले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनलाई सघाउन आफू तयार रहेको बताएका छन्।

‘ममाथि पनि प्रश्न उठ्यो भने सम्बन्धित निकायमा जान तयार छु,’ उनले भने, ‘स्वतन्त्र र अख्तियारले छानविनका क्रममा आवश्यक देखे मलाई पनि बोलाउन सक्छ। अख्तियार वा राज्यको संयन्त्रले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्छु।’

तर, उनले बालुवाटारको जग्गाको विषय आफूसँग सम्बन्धित नभएको जिकिर गरे।

आफूले गरेकोजति काम संविधानसम्मत भएको उनको दाबी थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘म उपचारको सिलसिलामा भारत हुँदै अमेरिका पुगेको थिएँ, तर बालुवाटारको जग्गाको विषयमा मेरो नाम पनि जोडिएर अखबारमा समाचार आए,’ भारतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै गच्छदारले भने, ‘सुटुक्क आयो भनेर चासो बढ्ला भनेर प्रेसलाई बोलाएँ।’

विमानस्थलमा गच्छदारले आधा घण्टा बालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad