छापा खबर


बढ्दो महामारीले यात्रुको संख्या घट्दै, दसैँको अग्रिम टिकट खुल्ला कि नखुल्ला?

बढ्दो महामारीले यात्रुको संख्या घट्दै, दसैँको अग्रिम टिकट खुल्ला कि नखुल्ला?

नेपालखबर
असोज १८, २०७७ आइतबार २३:१८,

कोभिड संक्रमणको बढ्दो प्रकोपसँगै मध्यम र लामो दूरीका सवारीसाधनमा यात्रुको संख्या घट्दै गएको छ।

सोही कारण हरेक वर्ष दसैँ सुरु हुनु एक महिनाअघि खुल्ने अग्रिम टिकट बुकिङ खुल्ने–नखुल्ने टुंगो लागेको छैन। यो खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन्।

दुई हप्ताअघि नयाँ बसपार्कबाट दैनिक न्यूनतम १५ सय यात्रु टिकट काट्न आउने गरेकोमा करिब ५० प्रतिशत घटेको नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रबन्धक सुनील कुँवरले बताए । उनले भने, ‘नियमित टिकट काउन्टर नै खाली–खाली छन्।’

तर, यात्रु घटे पनि २५ असोजदेखि अग्रिम टिकट खोल्ने सम्भावना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘शुक्रबार सबै सरोकारवालासँग बस्दै छौँ, त्यसपछि अग्रिम टिकट खोल्छौँ,’ उनले भने।

परिस्थिति अझ भयावह भएर सरकारले नयाँ निर्णय गरे, त्यसैअनुसार हुने उनको भनाइ छ । आइतबार मात्रै स्वास्थ्य मन्त्रालयले जो जहाँ छ, त्यहीँ बसेर दसैँ मनाउन नागरिकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad