अमेरिकाको डेमोक्र्याटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार तुलसी गबार्डले गुगलविरुद्ध ५ करोड डलरको मुद्दा हालेकी छन्।
उक्त कम्पनीविरुद्ध सन् २०२० का लागि भइरहेको अाफ्नाे चुनाव प्रचारमा प्रविधि कम्पनी गुगगले भेदभाव गरिरहेको र आफ्नो अभिव्यक्ति स्वतन्त्रततामा बाधा पु¥याएको उनको आरोप छ।
भारतीय मूलकी तुलसी अमेरिकी कांग्रेसका पलिहो हिन्दू सदस्य हुन्।
हवाई राज्यबाट सन् २०१३ देखि २ पटक सांसदमा निर्वाचित तुलसीले लसएन्जलसको संघीय अदालतमा मुद्दा हालेकी हुन्। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।
गुगलले जुनमा उनको पहिलो डेमोक्र्याटिक वादविवादपछि उनको अभियानसँग सम्बन्धित विज्ञापन अकाउन्टलाई केही समयका लागि निलम्बन गरेको थियो।
3
Shares

प्रतिक्रिया