छापा खबर


एक वर्षमा सामान्य प्रशासनका १६७ कर्मचारी पुगे विदेश

एक वर्षमा सामान्य प्रशासनका १६७ कर्मचारी पुगे विदेश

नेपालखबर
साउन १४, २०७६ मंगलबार १:३९,

कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्।

पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ।

त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरेका खबर आजको नागरिक दैनिकले छापेको छ।

तीमध्ये चीन जानेको संख्या मात्र १ सय ४ छ। मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनयन पत्र आएन।

मन्त्रालयले सार्वजनिक प्रशासनसम्बन्धी सेमिनार, बेल्ट एन्ड रोडसम्बन्धी सेमिनार, आपतकालीन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धिलगायत विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कार्मचारी चीन पुगेको बताएको छ।

यस अवधिमा सबैभन्दा धेरै ६४ जना अधिकृत भ्रमणका लागि विदेश गएका छन् भने प्रमुख प्रशासकीय अधिकृत ४६ जना छन्।

त्यस्तै उपसचिव ४३, सहसचिव १८ र इन्जिनियर १५ जना विदेश गएको देखिन्छ। नायब सुब्बा सात, उपमेयर सात, जिसिअ सात, मेयर ६, कम्युटर अधिकृत चार, लेखा अधिकृत चार, उपाध्यक्ष दुईजना विदेश भ्रमणमा सहभागी भएका छन्।

त्यसैगरी महानिर्देशक दुई, अनुसन्धान उपनिर्देशक एक, अनुसन्धान निर्देशक एक, कम्प्युटर अनुसन्धान एक, स्वकीय सचिव एक, मन्त्री एक र अनुसन्धान अधिकृत एकजनालगायतले विदेश भ्रमण गरेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad