छापा खबर


अन्ततः भिड्ने ठाउँमा आइपुगे युवराज र शंकर

अन्ततः भिड्ने ठाउँमा आइपुगे युवराज र शंकर

नेपालखबर
पुस २२, २०७७ बुधबार २:८,

विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक समूहले अर्कोलाई कारबाही गर्ने शृंखला बढ्दो छ । यसैक्रममा दाहाल नेपाल समूहको निसानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परे।

उनलाई नेकपाको लुम्बिनी प्रदेश इन्चार्जबाट मुक्त गरेको यो समूहले युवराज ज्ञवालीलाई ल्यायो । पछिल्लो केही समययता पार्टी राजनीतिमा भूमिकाविहीन जस्तै बनेका ज्ञवाली पुनः सक्रिय राजनीतिमा फर्किएका छन्। यो खबर आजको नागरिक दैनिकमा देवेन्द्र वस्नेतले लेखेका छन्।

तर दाहाल नेपाल समूहको कारबाहीसँगै कुनै समय एक अर्काका कट्टर प्रतिस्पर्धी फेरि आमनेसामने बनेका छन् । अन्तरसंघर्षको तीन दशक लामो अवधि पूरा गरेका प्रतिस्पर्धी ज्ञवाली र पोखरेल अहिले फरक फरक गुटको नेतृत्व गर्दै जुध्न आइपुगेका छन्।

ज्ञवालीको निस्त्रियतापछि दाङ कम्युनिष्ट राजनीतिका विकल्पविहीन नेताका रुपमा रहेका पोखरेललाई ज्ञवालीको पुनरागमन तगारो बन्न सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad