छापा खबर


अक्सफोर्डले विकास गरेको खोप कोरोना संक्रमण मात्र होइन प्रसारण रोक्नसमेत सफल

अक्सफोर्डले विकास गरेको खोप कोरोना संक्रमण मात्र होइन प्रसारण रोक्नसमेत सफल

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १:४१,

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको खबर आजको नागरिक दैनिकले छापेको छ।

मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित प्रतिवेदनअनुसार खोपका् दुई डोजको समय अन्तराल बढाउँदा फाइदाजनक हुने र एक डोजसमेत प्रभावकारी रहेको देखिएको छ।

त्यसो त अध्ययनमा संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ गरेर भाइरस प्रसारणको प्रत्यक्ष मापन गरिएको थिएन तर अनुसन्धानकर्ताले नियमित रूपमा सहभागीको नाकबाट स्वाब संकलन गरेका थिए। यसो गर्दा खोपको दुवै डोज लिएकाको पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको हो।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका प्राध्यापक हेलेन फ्लेचरका अनुसार भाइरसको प्रसारण रोक्न खोप प्रभावकारी हुन सक्ने तर यसका लागि थप अध्ययन आवश्यक छ। ब्रिटिस सोसाइटी अफ इम्युनोलोजीका प्रमुख कार्यकारी डा.डग ब्राउनले भने अक्सफोर्ड खोप भाइरस प्रसारण रोक्न प्रभावकारी भएको बताए। तर अझै पनि खोप लगाएका मानिसले समेत सामाजिक दूरी कायम गर्न आवश्यक नै रहेकोमा उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad