ad ad

छापा खबर


यस्तो छ नेपालको ‘चुच्चे नक्सा’प्रति प्रधानमन्त्रीको धारणा

यस्तो छ नेपालको ‘चुच्चे नक्सा’प्रति प्रधानमन्त्रीको धारणा

नेपालखबर
असार १२, २०७८ शनिबार २:१७,

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन्।

नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताए। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीको ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महत्वपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पारेको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गरे।

उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ । यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ।’

नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उनले स्पष्ट पारे। सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्छ तर यसो भन्नु कुनै कायरता वा निरिहता होइन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .