छापा खबर


काठमाडौंमा फैलियो डेंगी, यस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग

काठमाडौंमा फैलियो डेंगी, यस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार १:३३,

साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ।

अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी संक्रमण हुन्छ। यो लामखुट्टे कालो र सेतो मिसिएको छिर्केमिर्के हुन्छ।

डेंगी भाइरस संक्रमित भएका लामखुट्टेले टोकेको अवस्थामा मानिसलाई पनि यो संक्रमण हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad