विश्वमा मासुको खपत बढिरहेको छ।
सन् २०१३ को तथ्यांक अनुसार अमेरिकन तथा अस्ट्रेलियनहरु सबैभन्दा बढी मासु खान्छन्।
पश्चिम युरोपका मानिसहरु उनीहरुको तुलनामा केही कम मासु खान्छन्। यो जानकारी शुक्रबार प्रकाशित हुने साप्ताहिकले छापेको छ।
मासुको खपतमा आर्थिक हैसियतले पनि प्रभाव पार्छ।
युरोप, अमेरिका तथा अस्टे«लियाको तुलनामा आर्थिक रुपमा बढी गरिबी भएकाले अफ्रिकामा मासुको खपत निकै कम छ।
इथियोपियाका एक व्यक्तिले वार्षिक ७ किलो, रुवान्डाकाले ८ किलो र आइजेरियाकाले ९ किलो मात्रै मासु खान्छन्।
काठमाडौँबासीले सबैभन्दा बढी कुखुराको मासु खान्छन्।
वाणिज्य विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा दैनिक ३ लाखदेखि ३ लाख ५० हजार किलो कुखुराको मासु खपत हुन्छ।
त्यस्तै दैनिक एक हजार २ सय खसी तथा ८ सय राँगा एवं भैँसी काटिन्छ।
उपत्यकाबासीले प्रतिव्यक्ति वार्षीक १३ किलो ६ सय ग्राम मासु खान्छन्।

प्रतिक्रिया