ad ad

विचार


जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा राजीनामा दिनु श्रेयस्कर

जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा राजीनामा दिनु श्रेयस्कर

फाइल फाेटाे


डा भीम रावल
साउन ३, २०७८ आइतबार १७:२,

झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह–अवरोह तथा घात–प्रतिघात ब्यहोरेको छु। र त्यसको सामना गरेको छु। 

यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिको लागि गरेको थिएँ। राजनीति र त्यसका सबै संयन्त्रहरु राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुख, समृद्धिप्रति समर्पित हुने विश्वास गरेको थिएँ। 

तर राजनीतिक नेतृत्वबाट त्यस विपरितका काम हुँदै देश र जनतालाई अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए। फलस्वरुप आज नेपाल र नेपालीको शीर निहुरिँदै गयो। 

अझ केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा विधि र पद्धतिलाई आफ्नो कुत्सित र निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी, निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त, लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ। 

त्यस्ता विकृत तथा देश र जनताको हित विपरितका क्रियाकलापका विरुद्ध जुध्दै तिनलाई रोक्नका लागि जनप्रतिनिधि एवम् राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे। 

तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहम् प्रतिशोधी र षडयन्त्रकारी चरित्र देख्दा देश र जनताको हतिलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा धृणा उत्पन्न हुन्छ। 

 यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु। धन्यवाद।

(२०७८ साउन ३ गते प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने क्रममा रावलले व्यक्त गरेका विचार।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .