ad ad

फोटोफिचर


यसरी बनाइँदैछ कांग्रेस महाधिवेशन उद्घाटनस्थल (फोटो फिचर)


विजय सिंह
मंसिर २३, २०७८ बिहिबार १९:१२, काठमाडौँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भोलिदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो साढे १ बजे भृकुटीमण्डपमा हुनेछ।

त्यसका लागि मञ्च बनाउने, लाइट, ब्यानर राख्ने काम बिहीबार बेलुकासम्म पनि जारी छ।

महाधिवेशनमा ४५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुँदैेछन्। 

नयाँ नेतृत्व चयनका लागि हुन लागेको यो महाधिवेशनका लागि नेताहरुले व्यापक रुपमा प्रचार प्रसार गरिरहेका छन्।

उद्घाटन भोलि भएर पर्सी (मंसिर २५) गते उम्मेदवारको मनोनयन हुनेछ। 

उद्घाटन सत्र हुने स्थानमा टेलिफोन सेवामा अवरोध नहोस् भनेर एनटिसी, एनसेल लगायतको अस्थायी टावर राखिएको छ।

व्यवस्थापनमा खटिएकाहरुले दिएको जानकारी अनुसार आज रातभरीमा मञ्च निर्माणको काम सकिनेछ।

मञ्चमा पत्रकारलाई बस्ने छुट्टै व्यवस्था मिलाइएको छ। यस्तै विशेष अतिथिहरू बस्ने विशेष मञ्च बनाइएको छ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले भव्य रुपमा महाधिवेशन उद्घाटन गर्दैछन्।

कार्यक्रमलाई प्रत्यक्ष हेर्नका लागि चारवटा डिजिटल डिस्प्लेको व्यवस्था मिलाइएको छ।

एउटा पुतलीसडकपट्टि फर्काएर राखिएको छ। अर्काे टुँडिखेल पट्टी फर्काएर राखिएको छ। भृकुटीमण्डप छिर्ने सडकलाई बिहीबार साँझदेखि बन्द गरिएको छ।

निर्वाचन समितिले आज बेलुकादेखि निर्वाचन आचार संहिता लागेको भन्दै कार्यक्रमस्थलमा राखिएका ब्यानर, फ्लेक्स हटाउन आज बेलुकासम्मको समय दिएको छ।

त्यो समयमा नहटाए निर्वाचन समितिले प्रहरी लगाएर हटाउने चेतावनी दिएको छ। 

हेरौँ बिहीबार साँझ भृकुटीमण्डपमा देखिएका केही दृश्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .