ad ad

फोटोफिचर


केपी ओलीको मधेस मिसन (तस्बिरहरु)


नेपालखबर
पुस ८, २०७८ बिहिबार १६:५१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पछिल्लो समय तराई-मधेस केन्द्रित गराएका छन्।

पार्टी विभाजनअघि नै जनाधार कमजोर मानिएको एमालेलाई बलियो बनाउने कोसिस ओलीले गरिरहेका छन्। 

ओली पछिल्लो समय पूर्वी तराईदेखि पश्चिम तराईसम्म पुगिरहेका छन्। केही दिनअघि कपिलवस्तु पुगेका उनी बिहीबार पर्सा पुगे।

कपिलवस्तुमा मंगलप्रसाद गुप्तासहितलाई एमालेमा प्रवेश गराएका उनले पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहितलाई बिहीबार भित्र्याए। 

उनले तराई-मधेसमा ठूला जनसभालाई पनि सम्बोध गरिरहेका छन्। उनले पार्टी प्रवेश कार्यक्रमलाई चुनावी सभाकै शैलीमा सम्बोधन गरिरहेका छन्। 

पर्सामा पनि पुगेर उनले एमालेकै कारण देशमा विकासको लहर आएको भन्दै फेरि पनि सरकारमा फर्किएर 'समृद्ध नेपाल सुखी नेपाली' नारा सफल लगाइछाड्ने बताए। 

सबै तस्बिरहरु : राजन काफ्ले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .