नेकपा (माओवादी) केन्द्रको आठौं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ।
प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित महाधिवेशन उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन्।
पहिले राष्ट्रिय भेला आयोजना गरेको माओवादीले अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको थियो।
सम्मेलन हलमा सहभागी आधा पनि अटाएका छैनन्। हलभन्दा बाहिर नै धेरै जनमानस देखिन्छन्।
सम्मेलन उद्घाटन हुनुअघि विभिन्न झाँकीहरू प्रस्तुत गरिएको थियो भने सम्मेलनस्थलमा पनि माओवादीले बिच बिचमा गीत तथा नृत्य प्रस्तुत प्रस्तुत गरेका थिए।
यस्तै, महाधिवशेनस्थलमा कपडाको व्यापारसमेत भइरहेको देखिन्छ।
57
Shares
प्रतिक्रिया