नेपालले पहिलो पटक कुनै अफ्रिकी मुलुकविरुद्ध घरेलु मैदानमा फुटबल खेलिरहेको छ।
मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ।
नेपालका लागि चर्चित स्ट्राइकर विमल घर्ती मगरले अग्रता दिलाउन सफल भएका छन्।
कोरोना त्रासबीच उपस्थित दर्शकमाझ विमलले खेलको ५५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका छन्।
अफ्रिकी देश मौरिसस नेपालभन्दा तुलनात्मक रुपमा कमजोर हो। तर उसका खेलाडी शारीरिक रुपमा बलिया छन्।
एक वर्ष लामो इन्जुरीपछि पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेर आफूलाई एक पटक फेरि अब्बल प्रमाणित गरेका छन्।
विमलले यससँगै देशका लागि नवौँ गोल पनि गरेका छन्। नेपालले अब मौरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल यही मंगलबार खेल्नेछ।
60
Shares
प्रतिक्रिया