नेपाली सेनाले दुई महिना लगाएर नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङ्गफेदीस्थित नेगी गाउँमाथिको विशाल ढुंगो विस्फोट गरेर फुटाएको छ।
करिब २० हजार घनमिटरको उक्त विशाल ढुंगोलाई सेनाले विस्फोट गरेर फुटाएपछि वस्ती पनि सुरक्षित भएको छ।
सेनाका अनुसार नुवाकोटको विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा कालीभञ्जन गण (ई) बाट खटिएको जनशक्तिले २ महिना लगाएर उक्त ढुङ्गो हटाएका हुन्।
ढुङ्गो हटाउने क्रममा सेनाले गत फागुन १५ देखि ब्लास्टिङ सुरु गरेको थियो। यही वैशाख १५ गते ढुङ्गोमा विस्फोट गरेपछि वस्ती सुरक्षित भएको सेनाले बताएको छ।
582
Shares
प्रतिक्रिया