ad ad

फोटोफिचर


गोंगबुमा महानगरको डोजर हेर्न रमिता (तस्बिरहरु)


सरोज बैजु
भदौ २०, २०७९ सोमबार १५:३८, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा अवैध संरचना भत्काउने अभियान जारी राखेको छ। 

सोमबार पनि मेयर बालेन्द्र शाहको निर्देशनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली डोजर लिएर गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र पुग्यो। 

महानगरको डोजरले सोमवार महानगरपालिका वडा नम्बर २६ मित्रनगरका अवैध निर्माण भत्काएको हो। 

फुटपाथ र पार्किङसमेत ओगटेर बनाइएका संरचना र सहरलाई कुरुप बनाउने बोर्डहरु पनि हटाइएको हो। 

त्यसक्रममा महानगरको डोजर हेर्नेहरुको ठूलो भीड लागेको थियो। डोजर हेर्नेको भिडलाई प्रहरीले बल प्रयोग गर्नुपरेको थियो।

त्यसक्रममा महानगरको डोजर भूमिगत पार्किङको ठाउँमा बनाइएका दोहोरी साँझमा पनि चलेको छ। 

महानगरले बसपार्क क्षेत्रस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हेपीसम्मका अवैध संरचना हटाउँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .