घरेलु भूमिमा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध रवाफिलो प्रदर्शन गरेको छ।
पछिल्लो समय प्रभावशाली प्रदर्शन गरिरहेको बंगलादेशविरुद्ध घरेलु भूमि र समर्थकको साथ पाएको नेपालले रफाव जमाएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरेहको पहिलो हाफसम्म नेपालले अञ्जन विष्टको ह्याट्रिकमा ३-० गोलको अग्रता लिएको छ।
घरेलु भूमिमा बंगलादेशलाई हराएर विगतको विवाद पनि नेपालले बिर्सिन चाहेको छ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वदेश फर्किएको उनको स्थानमा आएका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले नेपाललेको कमान सम्हालेका छन्।
असोज ११, २०७९, मंगलबार
54
Shares
प्रतिक्रिया