देशमै पहिलोपटक बागमती नदीको किनारमा ‘पम्प ट्रयाक’ निर्माण गरिएको छ। घुमाउरो र उबडखाबड ट्र्याकमा साइकल उडाएर साहसिक यात्रा गरिन्छ। यो ट्रयाक ललितपुरको कुपण्डोलमा बनाइएको हो।
भेलो सोलुसन्सले ललितपुर महानगरपालिकासँगको सहकार्यमा नेपालमा पनि यो खेलको सुरुवात गरेको हो।
भेलो सोलुसन्सले ‘पम्प फर पिस’ नारासहित विश्वभर साइकलिङ र ‘एक्सन स्पोर्टस’ लाई पहुँचयोग्य बनाउन यो अभियान सुरु गरेको हो। भेलो सोलुसन्सले एक दशकदेखि यस्तो ट्रयाक निर्माण गरिरहेको छ।
यस्तो ट्र्याकले समाजलाई एकताबद्ध बनाउने तथा स्वस्थ र सक्रिय जीवन जिउन सहयोग गर्ने विश्वास लिइएको छ।
63
Shares
प्रतिक्रिया