ad ad

फोटोफिचर


पोखराको सेती खोँचबाट यसरी निकालियो अर्को शव (तस्बिरहरू)


सरोज बैजु
माघ ३, २०७९ मंगलबार २१:४०, काठमाडौँ

आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकको शव निकाल्ने कार्य मंगलबार पनि जारी रह्यो। 

सेती खोँचमा जहाज दुर्घटना हुँदा शव संकलन गर्न सुरक्षाकर्मीलाई निक्कै मिहेनत गर्नुपरेको छ।

मंगलबार थप एक जनाको शव निकालेपछि अब एक जनाको मात्रै शव खोजी गर्न बाँकी रहेको घटनास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन्।

दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ। अझै एक जनाको स्थिति अज्ञात छ। गोताखोर परिचालन गरेर शवको खोजी गरिएको प्रहरी उपरीक्षक केसीले बताए।

दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षण भइसकेको छ। तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेको जनाइएको छ। अस्पतालमा रहेका तीनमध्ये दुई जनाको शव बुधबार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ। 

सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मङ्गलबार काठमाडौँ पठाइएको छ।

काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार दुर्घटनामा परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .