ad ad

फोटोफिचर


‘बैंकिङ आतंक बन्द गर’ भन्दै फेरि सडक ओर्लिए व्यवसायी (फोटोफिचर)


सरोज बैजु
माघ १६, २०७९ सोमबार १४:१०, काठमाडौँ

उद्योगी व्यवसायी फेरि आन्दोलनमा अग्रसर भएका छन्। 

नयाँ सरकार बनेपछि माग सम्बोधन हुने आशामा केही समय शान्त बसेका उनीहरुले सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका हुन्। 

नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा भएको कार्यक्रममा डेढ सय हाराहारीमा व्यवसायी सहभागी थिए। 

उनीहरुले ‘ब्याजदर घटाऊ, गरिखान देऊ’, ‘सहज व्यावसायिक वातावरण कायम गर’, ‘बैंकिङ आतंक बन्द गर’, ‘बैंकिङ ब्याजदर १ अंकमा ल्याऊ’जस्ता प्लेकार्ड बोकेका थिए। 

केही दिनअघि व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि व्यवसायीले सरकारसँग व्यावसायिक वातावरण कायम गर्न माग गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .