पहाडी क्षेत्रमा सोमबार मनाइएको होली पर्व बागमती प्रदेशको राजधानी हेटौँडामा पनि रङ, अबिर खेलेर मनाइएको छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ।
हेटौँडा बजारका चोकचोकमा होली खेल्ने युवा, युवतीदेखि बालबालिकाहरु समेत रम्दै होली मनाइरहेका छन्।
फागु पर्व एक आपसमा विभिन्न रङ तथा अबिर लगाएर मनाउने चलन छ। युवा युवतीहरु हेटौँडाको स्कुलरोड, संगमचोक, कान्तिराजपथ लगाएतका स्थानहरुमा संगीतमा झुम्दै होली मनाइरहेका छन्।
आज पहाडी क्षेत्र र भाेलि मंगलबार तराईमा होली मनाउने प्रचलन छ।
36
Shares
प्रतिक्रिया