प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्।
गत पुस २६ गते संसदका ९८ प्रतिशत मत पाएका प्रचण्डले दोस्रो पटक विश्वासको मत पाउँदा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा उभिए।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल दिन्न भन्ने पक्षमा उभिए। एमालेले गत फागुन १५ गते सत्ता छाडेपछि अब कांग्रेसले प्रचण्डलाई साथ दिएको छ।
कांग्रेससहित १० दल प्रचण्डको पक्षमा उभिएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र चित्रबहादुर केसीको जनमोर्चासमेत प्रचण्डको पक्षमा उभिए।
चैत ६, २०७९, साेमबार
प्रतिक्रिया