काठमाडौं महानगरपालिकाले बसुन्धरामा छोपिएको खोलामाथि डोजर चलाएको छ।
सामाखुसी खोलामाथि ढलान गरी गरिएको अतिक्रमण महानगरले हटाएको हो।
काठमाडौं महानगरपालिका वडा नं ३ बसुन्धरामा पर्ने सो खेला छोपिएर बगिरहेकोले खोला खोल्ने कार्यको सुरुवात गरिएको साथै, चार मिटर ट्रयाक रुटसमेत बनाइने काठमाडौं महानगर प्रहरी बलले जनाएको छ।
खेला अतिक्रमणका कारण वर्षायाममा बाढी तथा डुवान हुने र मोटरसाइकल चालक एवम् पैदल यात्रुलाई सास्ती हुने गरेको थियो।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दरबार संग्रहालय अगाडि टुकुचा खोलामाथि डोजर चलाएको थियो। अहिले अदालतको आदेशका कारण टुकुचा उत्खनन् कार्य अलपत्र परेको छ।
441
Shares
प्रतिक्रिया