फोटोफिचर


महानगरले बन्द गरायो भृकुटीमण्डपको मेला (तस्बिरहरू)


सरोज बैजु
जेठ ३२, २०८० बिहिबार १७:६, काठमाडौँ

काठमाडौंको भृकुटीमण्डपमा जारी विभिन्न मेलाका स्टल नगर प्रहरीले हटाएको छ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली जुत्ता चप्पल र शैक्षिक मेलामा छिरेको थियो।

भृकुटीमण्डपको जुत्ता चप्पल मेला र कान्तिपुर हिसान शैक्षिक समन्वय नगरी राखिएको भन्दै महानगरपालिकाले हटाएको हो।

महानगरले समन्वय नगरी सञ्चालन गरिएका भृकुटीमण्डपका सबै मेला हटाउन थालेको हो। नगर प्रहरीले मेलामा राखिएका केही स्टल बन्द गराएका छन्। 

एसईईको नतिजा नआउँदै १० जोड २ भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको गुनासो आएपछि महानगरले हस्तक्षेप गरेको हो।

महानगरकको हस्तक्षेपपछि आयोजकले सहमतिका लागि आग्रह गरिरहेका छन्। १० जोड २ मा अध्ययन हुने विषयको मात्रै जानकारी दिने गरी मात्रै मेला चलाउन दिने महानगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .