फोटोफिचर


लघुवित्त तथा सहकारी पीडितले गरे सडकमै भोजन (तस्बिरहरू)


सरोज बैजु
साउन ९, २०८० मंगलबार १३:४०, काठमाडौँ

लघुवित्त तथा सहकारीले दु:ख दिएको भन्दै सर्वसाधारण यतिखेर देशैभर आन्दोलनरत छन्।

आइतबार काठमाडौँमा पनि यी संस्थाविरुद्ध प्रदर्शन भएको थियो। लघुवित्त तथा वित्तीय संस्थाविरुद्धको स‌ंघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर प्रदर्शन गरेको हो।

मानिसहरू सडकमै उत्रिएर आन्दोलन थालेसँगै नेपाल राष्ट्र बैंकले पनि लघुवित्तको समस्याबारे अध्ययन सुरु गरिसकेको जनाएको छ।

मंगलबार मध्यान्ह काठमाडौँको माइतीघर मण्डलमा आन्दोलनरत लघुवित्त तथा सहकारी पीडितहरू सडकमै बसेर खाना खाइरहेका थिए। उनीहरूलाई जय महांकाल युवा समूहले खानाको व्यवस्था गरेको हो।

हेर्नुहोस् तस्बिरमा उक्त दृश्य :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .