फोटोफिचर


हङकङमा सफल भएपछि नेपाल आयो ‘सेन्स अफ क्लिक’


सरोज बैजु
भदौ ९, २०८० शनिबार २१:३०, काठमाडौँ

हङकङमा स्टाइल र फेसनको हब बनेको ‘सेन्स अफ फेसन’ नेपालमा भित्रिएको छ। ललितपुरको सितल हाइट इमाडोलमा शनिबारदेखि सञ्चालनमा आएको ‘सेन्स अफ क्लिक नेपाल’ मा विशेष गरी पार्टी पहिरन उपलब्ध छन्।

भारतमा फेसन स्टुडियोको अनुभवपछि फेसन डिजाइन पढेका पवन सुब्बा चिनिएको नाम हो। बलिउडका चर्चित कलाकारसँग काम गरेका सुब्बाले फेसनमा परामर्श पनि दिँदै आएका छन्।

हङकङकमा ‘सेन्स अफ क्लिक’ सफल भएपछि सुब्बाले नेपालमा पनि सञ्चालनमा ल्याएका हुन्। हङकङको जोर्डन रोडमा सञ्चालित ‘सेन्स अफ क्लिक’ फेसन बुटिकका साथै मोड्लिङ पनि गराउँदै आएको छ। 

शनिबार नेपाली सेलिब्रिटि कलाकारहरूको उपस्थितिमा ‘सेन्स अफ क्लिक नेपाल’ को ओपनिङ गरिएको हो।

हेरौँ केही तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .