फोटोफिचर


हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरू)


सरोज नेपाल
भदौ २७, २०८० बुधबार १६:२८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ।

बुधवार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। 

सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ।

भृकुटीमण्डपबाट शुरु भएको विरोध र्‍याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .