जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार बिहान कांग्रेसले ललितपुरमा ‘ग्रीन रन’आयोजना गरेको छ।
जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यूएन पार्कमा गरिएको ‘ग्रीन रन’ कार्यक्रममा सभापति गगनकुमार थापासहित कांग्रेसका नेता तथा कार्यकर्ता सहभागी थिए।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ किलोमिटर लामो ‘ग्रीन रन’ कार्यक्रम गरेको हो।
दौडलगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती स् निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल कार्यक्रम गरिएको छ।
कार्यक्रममा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु सुपरिचित चित्रकारहरुले पेन्टिङ गरेका छन्।
कांग्रेसले ‘ग्रीन रन’ मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ।
सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले आज र भोलि देशैभरी विभिन्न कार्यक्रम आयोजना गर्दैछ।




















Shares

प्रतिक्रिया