ad ad

राजनीति


विप्लव समूहका नेताले प्रधानमन्त्री भेटे, १० दिनभित्र बन्दी रिहा गर्न आग्रह

विप्लव समूहका नेताले प्रधानमन्त्री भेटे, १० दिनभित्र बन्दी रिहा गर्न आग्रह

नेपालखबर
असार २०, २०७८ आइतबार १७:२६,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आइतबार बालुवाटारमा भएको भेटमा नेकपा नेताहरुले पार्टीसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न जोड दिएका थिए। 

प्रधानमन्त्री ओलीसँग खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले भेटेर बन्दी अवस्थामा रहेका नेताहरुलाई तुरुन्त रिहा गर्न आग्रह गरेका थिए। सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो।

प्रधानमन्त्रीसँग भेटेर बन्दी नेता कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरेको विश्वकर्माले बताए।

पत्रकार सम्मेलन गर्दै उनले १० दिनभित्र पार्टीसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको उनले बताए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .