ad ad

राजनीति


यसकारण खाँणलाई गृहमन्त्रीमा रोजे देउवाले

यसकारण खाँणलाई गृहमन्त्रीमा रोजे देउवाले

नेपालखबर
असार २९, २०७८ मंगलबार १९:४२,

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बनेको सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई गृहमन्त्री बनाएका छन्। 

अर्थमन्त्रालय नलिएर देउवाले आफ्ना विश्वासपात्र खाँणलाई गृहमन्त्रालयको जिम्मेवारी दिएका हुन्।
निकै रणनीतिक महत्वको गृह मन्त्रालय किन रोजे देउवाले? 

उनी निकट नेताहरुका अनुसार अहिले बनेको सरकार चुनावी सरकार नै हो। यो सरकारले अबको १७ महिनापछि चुनाव गराउनु पर्नेछ। 

यदि ३० दिनभित्र विश्वासको मत नपाएको अवस्थामा त्यसअघि नै चुनावमा जानुपर्ने भएकाले देउवाले 
अर्थमन्त्रालय माओवादी केन्द्रलाई दिएर आफूले गृहमन्त्रालय लिएका हुन्। 

यसअघि नेकपाको सरकार हुँदा माओवादी केन्द्रले गृहमन्त्रालय लिएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयको जिम्मा लिए।

खाँण पहिलो पटक गृहमन्त्री बनेका हुन्। हाल समानुपातिक सांसद रहेका उनी नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक छन्। २०६१ मा देउवा नेतृत्वकै मन्त्रिमण्डलमा खाँण शिक्षा राज्यमन्त्री बनेका थिए।

२०६३ सालमा बनेको गिरिजाप्रसाद कोइरालाको अन्तरिम सरकारमा उनी सिञ्चाई मन्त्री थिए।

त्यसपछि २०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी रक्षामन्त्री बने।

२०३० सालबाट विद्यार्थी  राजनीति प्रारम्भ गरेका खाण हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्।

त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी संघको अध्यक्ष र तरुण दलको अध्यक्ष पनि उनी बनिसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .